कार्यालयकाे मुल गेट बन्द गरी वडा कार्यालयका कर्मचारीहरू भने अफिस भित्र बसिरहेकाे पाईएकाे छ । नीलकण्ठ  नगरपालिका वडा  नं  ७ का कर्मचारी यसरी सेवा ग्राहिलाई बहिरै राखेर आफुहरू भने भित्र बसेकाे फागुन २० गते सेवा लिन गएका सेवा ग्राहिले गुनासाे गरेका छन् ।

सरकारी  कार्यालयकाे मुल गेट नै यसरी बन्द गर्न मिल्छ र ? भनि साेध्दा ,   खै अहिले सम्म कसैले केही भनेका छैनन् त ? भन्ने जवाफ वडा सचिव अमित  घिमिरेले   गरेका छन् । सेवाग्राही भित्र पस्दा फाेहाेर हुने भएकाेले बाहिर झ्याल बाट नै सेवा दिने गरेकाे कुरा  अर्का सहयाेगि कर्मचारी ले बताइन । त्यहाँ पुग्दा सेवाग्राहीहरू भने बाहिर सिमसिम पानीमा भिज्दै पालाे पर्खि रहेका थिए ।  बिगत ५,६ महिना देखि नै यस्तै गर्ने गरेकाे स्थानीयबासी बताउछन् ।

निलकण्ठ नगर पालिकाका उपमेयर दिपक वि क काे वडा समेत रहेकाे याे कार्यालय निजी संम्पति जस्तै गरी सरकारी कार्यालयकाे ढाेका बन्द गरी बस्छन् भने जिल्लाकाे  अन्य   स्थानहरूकाे अवस्था कस्ताे हाेला ?    यस  बारे संम्बन्धित निकायकाे ध्यान कहिले पुग्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0