नेपाल रेडक्रस सोसाइटी धादिङको १७ औँ शिक्षक नायक एवम् २५ औँ जुनियर/युवा गोष्ठी शनिबार धादिङको खाल्टेमा ११ बुंदे खाल्टे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालय खाल्टेमा सुरु भएको जुनियर युवा गोष्ठिमा धादिङका ५५ वटा विद्यालयका शिक्षक नायक र जुनियर युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला रेडक्रस धादिङका अध्यक्ष दुर्लभ कुमर तामाङको बिशेष आतिथ्यता रहेको थियो । उद्घाटन समारोहमा नेपाल रेडक्रस सोसार्इटी धादिङका उपमन्त्री एवम् जुनियर युवा समितिका संयोजक मिम्वा तामाङको अध्यक्षता रहेको थियो । कार्यक्रममा केन्द्रीय समित सदस्य नारायण तिमल्सिना, नीलकण्ठ नगरपालिका वडा नं ५ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, रेडक्रस केन्द्रिय सदस्य तथा युवा बिकास समिती सम्योजक बिष्णु राज नेपाल, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतले रेडक्रसको काम, भूमिका र जिम्मेवारीका विषयमा आआफ्ना धारणा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0