धादिङकाे बिकट रूबिभ्यालि गाउपालिकाका स्थानिय बासिन्दाले धादिङ अस्पतालबाट थप ५ प्रकारका सेवा निशुल्क पाउने भएका छन् ।
धादिङ अस्पताल र रूबिभ्यालि गाउपालिका बिच भएकाे सम्झाैता अनुसार यी पाँच प्रकारका सेवा निशुल्क पाउने छ ।
१. Emergency, OPD, ल्याव लगायत अन्य सेवा शुल्क
२.आैषधि उपचार खर्च
३.सल्यक्रिया वा ताेकिएकाे शैया शुल्क
४. यस अस्पतालबाट अन्य अस्पतालमा बिरामी रिफर गर्दाकाे एम्बुलेन्स शुल्क
५.सव वहान सेवा
लगायतकाे सुबिधा निशुल्क पाउने सम्झाैतामा उल्लेख छ ।
खास गरि भुकम्प पछि रूबिभ्यालिका स्थानियहरू निलकण्ठ लगायतकाे आसपासमा बसाेवास रहेका तर रूबिभ्यालि गाउपालिकाकाे स्थायी ठेगाना भएकाले समेत याे सेवा लिन सक्नेछन् ।






