धादिङ :- धादिङको नेत्रावती डवजाेङ गाउपालिका तमै रातमाटे घर भई हाल दुवईकाे कारागारमा मृत्यु दण्डकाे पर्खाईमा रहेका पहलमान थापा मगर लाई बचाई नेपाल फर्काउन व्लडमानि बापत तिर्नुपर्ने ५०००००० पचास लाख रूपैयाँ संकलन भएकाे छ । पहलमान थापाको सहयोगका लागि आवश्यक रकम संकलन भएको मगर संसार फोटो ग्यालरीका अध्यक्ष अनिल लामिछाने मगरले फेसबुक मार्फत जानकारी दिएका छन् ।
५ बर्ष अधि आफ्नै साथिकाे हत्या आराेप लागेका पहलमान थापा मगरकाे उद्वारकाे लागि नेपाल मगर संघ केन्द्रीय समिति, नेपाल मगर संघ धादिङ, मगर संसार फाेटाे ग्यालरी र अन्य संघ संस्थाले रकम संकलनकाे अभियान चलाएकाे थियाे ।
पहलमानकाे उद्वारकाे निम्ति आवश्यक रकम जुटिसकेकाे र हाललाई अभियान बन्द गरीएकाे नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले बताउनु भयाे ।






