बद्री पौडेल  :-        नीलकण्ठ नगरपालिका वडा न ८ र ९  साबिक मुरली भङ्ज्याङ  गा बि स को मुरली भङ्ज्याङ स्वास्थ्य चौकी अन्तरगत १३ वटा स्वास्थ्य आमा समूह रहेको छ । साबिकमा प्रतेक गा बि स मा ९ वटा वडा हुने भएकोले ९ जना महिला स्वास्थ्य स्वयम   सेबिकाहरु   कार्यरत छन , स्वयम सेबिका सदस्य  सचिव रहेको आमा समूहहरु छन  ,  हाल १३  समूहमा ६१५ जना शेर सदस्य रहेका  छन ।

                तत्कालिन समयमा गा बि स अध्यक्ष / सचिव  श्री बैकुण्ठ  प्रसाद लम्साल    स्वास्थ्य चौकी प्रमुख तथा गा बि स सदस्य श्री कृष्ण बद्री पौडेल को पहलमा २०७१ साल मङ्सिर ९ गते जिल्ला सहकारी कार्यालयमा श्री प्रशन्न  स्वास्थ्य आमा सहकारी सस्था लिमिटेड स्थापना भएको हो । सम्भवत:  स्वास्थ्य आमा सहकारी नेपालको नै पहिलो सहकारी हो ।

                        यही भाद्र १ गतेबाट आज १५ गते सम्म १३ वटा समूहमा सुरक्षित मातृत्व , पोषण , सरसफाई , मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तथा स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ्।केही समूहमा कृष्ण बद्री पौडेलले सहजीकरण गर्नु भयो भने केही समूहमा साबित्रा कोईराला र अन्य स्वास्थ्य कर्मीले सहजीकरण गरेका  थिए ।

सहकारीका अध्यक्ष  अ्बिका दुवाडी समेत प्रत्येक दिन उपस्थित हुनु हुन्थ्यो  । यो सहकारीले आर्थिक कारोबार मात्र गर्ने नभैई , स्वास्थ्य सम्बन्धी कार्यहरु गर्दछ , बालबालिका , किशोरी , गर्भवती , सुत्केरी, उमेर ढल्केका  महिलाहरुमा सचेतना मुलक कार्यक्रम गर्ने र आवाश्यक पर्दा सस्तो ब्याजमा रकम दिने गर्दछ्। नीलकण्ठ नगरपालिका को सहयोगमा स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आएको छ , सोही अनुरुप अहिले पनि यो कार्यक्रम सन्चालन भएको हो ।

                 श्री प्रशन्न स्वास्थ्य आमा सहकारी स . लि स्थापना काल देखि नै स्वास्थ्यको कार्यक्रम , अबलोकन भ्रमण , अन्य चेतनामूलक काम गर्दै आएको बत्ताउनु हुन्छ  सस्थाका ब्यबस्थापक लक्ष्मी दुवादी । हाल सस्थाको कुल जम्मा रकम १ कडोर ५ लाख रहेको छ , कार्यालय नीलकण्ठ न पा ९ ज्यामिरेमा रहेको छ , रकम जम्मा गर्न र स्वास्थ्य शिक्षा दिन समूह समूह मा नै जाने गरेको बत्ताउनु हुन्छ  अध्यक्ष अ्बिका दुवाडी ।

             

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0