गर्भे बहादुर मिजार
धादिङ ।
“लोकसंस्कृति प्रवर्द्धनको सार: पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने मुल नाराका साथ गरिएको धादिङ लाेकसांस्कृतिक महोत्सव २०८१ को माघ १० गते धादिङबेशीकाे खुला मञ्चमा उद्घाटन सत्रका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता एवम् उप-प्रधानमन्त्री प्रकाशमान सिंहले मादल बजाएर पानसमा बत्ती बालेर गर्नु भयाे ।
कार्यक्रमका सभापतिमा अायाेज समितिका संयाेजक कमला गैरे, विशेष अतिथिहरूमा बागमति प्रदेशका संसद गाविन्द लंसाल, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना, ने का पूर्व सभापति रमेश धमला र अतिथिहरूमा उप मेयर दिपक विश्वकर्मा , गा पा का अध्यक्ष तथा उपाध्यक्षहरू, पार्टीका प्रतिनिधि, पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, सरकारी कार्यालयका प्रमुख तथा अन्य संघ संस्था का प्रमुख एबम् प्रतिनिधिहरू र विभिन्न क्षेत्रबाट पाल्नु भएका कलाकार तथा व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियोे ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ,सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजनामा भएकाे धादिङको पहिलो लोक सास्कृतिक महोत्सवको अाज बिहिबार बिहान ११ बजे देखि धादिङबेसी पुछारबजारबाट बहु साँस्कृतिक भेष भुषा, भाषाका साथ प्रतियोगितात्मक झाँकी सहितको र्याली सुरू भई धादिङबेशी बजार हुँदै खुला मञ्चमा अाएकाे थियाे ।
महोत्सवमा मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, चुड्का, काैरा,घाटु, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु १० दिन सम्म हेर्न पाइने छ साथै लोकसंस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र सम्वृद्धिको मूल आधार भन्ने मुल नारा सहित आयोजना गरिएको महोत्सवमा एक सय वटा भन्दा बढी स्टल रहेका छन् ।
अन्तरपालिका स्तरिय लोक दोहोरी प्रतियोगितामा १३ वटै पालिकाबाट १६ टिम सहभागिता रहेकाे छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक प्रस्तुति रहने छ । महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा प्रदर्शनीस्थल निर्माण लगायतका विभिन्न कार्यहरु सम्पन्न भइसकेका छन् । जिल्लाको रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिकाे पहिचान, परम्पराको जगेर्ना गर्ने उद्देश्यले याे महाेत्सवकाे अायाेजना गरिएकाे हाे ।






