धादिङ । “लोकसंस्कृति प्रवर्द्धनको सार: पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने मुल नाराका साथ गरिएको धादिङ लाेकसांस्कृतिक महोत्सव २०८१ को उद्घाटन नेपाली कांग्रेसका नेता एवम् उप-प्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने भएका छन् ।
यही माघ १० देखि २० गते सम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ,सामुदायिक विकास संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजनामा हुन लागेको धादिङको पहिलो लोक सास्कृतिक महोत्सवको भोलि बिहिबार बिहान ११ बजे देखि धादिङबेसी पुछारबजारबाट बहु साँस्कृतिक भेष भुषा, भाषाका साथ प्रतियोगितात्मक झाँकी सहितको र्याली हुने संयाेजक दिपक काेरालाले बुधबार एक पत्रकार सम्मेलनकाे अायाेजना गर्दै खुलामञ्चमा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हाे ।
महोत्सवमा मौलिक लोक संस्कृति, लोकदोहोरी, मेन्दोमायाँ, चुड्का, काैरा,घाटु, ठाडोभाका देखि खैजडी भजन, नौमती र झ्याउरे गीत लगायतका प्रचलित सांस्कृतिक पहिचान र प्रतिभाहरु हेर्न पाइने छ साथै लोकसंस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र सम्वृद्धिको मूल आधार भन्ने मुल नारा सहित आयोजना गरिएको महोत्सवमा एक सय वटा स्टल राखिएको र स्टल पनि बुक करिब भई सकेकाे लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले जानकारी दिनुभयो ।
अन्तरपालिका स्तरिय लोक दोहोरी प्रतियोगितामा १३ वटै पालिकाबाट १६ टिम सहभागिता रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक प्रस्तुति रहने छ । महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा प्रदर्शनीस्थल निर्माण लगायतका विभिन्न कार्यहरु सम्पन्न भइसकेका छन् । जिल्लाको रैथाने मौलिक लोक संस्कृतिको प्रवद्र्धन, सांस्कृतिकाे पहिचान, परम्पराको जगेर्ना गर्ने उद्देश्यले याे महोत्सव अवलोकनको लागि अन्यलाई शुल्क एक सय राखिएको छ भने सहुलियतकाे रूपमा ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई ७० रुपैँया तोकिएको आयोजक समितिका संयोजक दिपक कोइरालाले पत्रकार सम्मेलनमा बताउनुभयो ।
भाेलि विभिन्न समुदायको अा- अाफ्ना भेष भुषा, संघ संस्थाकाे व्यानर सहितको -यालि पुछार बजारबाट ११ बजे शुरू गर्न सम्पूर्ण तयारी पूरा भएकाे जानकारी झाकी तथा -यालि संयाेजक प्रकाश बिनायकले दिनु भयाे ।






