धादिङ । अपाङ्गता भएका व्यक्तिहरूलाई स्वराेजगार बनाउन धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित तीन दिने “बाटेको धूप बनाउने तालिम” आज सम्पन्न भएको हाे। अपाङ्गता पुनर्स्थापन समाज, धादिङको आयोजना र त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक सहयोगमा साे कार्यक्रम सम्पन्न भएको हाे । यो तालिम फाल्गुन २ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको थियो।
यस्ता तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप प्रदान गरी स्वराेजगार बन्ने अवसर जुटाउन मद्दत गर्ने अपाङ्ग पुनस्थापना समाज धादिङका अध्यक्ष आस्विन लम्सालले बताए ।
समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष देबराज धरेलले तालिमको प्रभावकारिता उल्लेख गर्दै सहभागीहरूलाई निरन्तर अभ्यास गरेर स्वरोजगार बन्न प्रेरित गरे। साथै, भविष्यमा पनि यस्ता सीप विकास तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
तालिममा सहभागीहरू उत्साहित हुँदै आगामी दिन थप यस्ता तालिम पाए आर्थिक रूपमा सबल हुने बताए । सिकेको सीपलाई प्रयोग गरेर व्यवसायिक रूपमा अगाडि बढ्ने धारणा व्यक्त गरेका छन्।






