काठमाडौं, फागुन — राजधानीमा आयोजित एक कार्यक्रममार्फत निर्माणाधीन शर्ट फिल्म टेक्नोलोजी शिक्षा’ को नाम सार्वजनिक गरिएको छ। निर्देशक नव राज शर्मा द्वारा लिखित कथामा आधारित यस शर्ट फिल्मको निर्देशन पनि शर्माले नै गर्ने भएका छन्।

म्युजिक भिडियो क्षेत्रमा नृत्य निर्देशक को रूपमा परिचित शर्माले टेक्नोलोजी शिक्षा’ बाट शर्ट फिल्म निर्देशनमा आफ्नो यात्रा सुरु गर्न लागेका हुन्। उनलाई संगीत विकल्प ले निर्देशनमा साथ दिने निर्माण पक्षले जनाएको छ।

एन आर एस क्रियसन ब्यानरमा निर्माण हुन लागेको यस शर्ट फिल्मका निर्माता संगीत विकल्प रहेका छन् भने कार्यकारी निर्माता धिरेन गजमेर रहेका छन्। गजमेरका अनुसार फिल्मले आधुनिक प्रविधिप्रति बढ्दो आकर्षणले विद्यार्थीहरूको अध्ययनमा पारेको प्रभावबारे सन्देश दिनेछ।

गजमेरले यसअघि विभिन्न म्युजिक भिडियोहरू निर्माण गरिसकेका छन्। शर्ट फिल्म टेक्नोलोजी शिक्षा’ को छायांकन आगामी चैत्र दोस्रो साताबाट सुरु गरिनेछ भने कलाकार छनोटको प्रक्रिया जारी रहेको छ। फिल्मको छायांकन श्रीराम पोख्रेल ‘विशाल’ ले गर्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0