धादिङ ।  ७५औं प्रजातन्त्र दिवसको अवसरमा बौद्धिक अपाङ्गता अभिभावक संघमा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई स्टेसनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ। उक्त कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे कार्यक्रमका प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रामप्रसाद रिजाल, जिल्ला बन कार्यालयका प्रमुख, शिक्षा समन्वय इकाईका प्रमुख तथा सहायक प्रमुख, पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी, सामाजिक विकास कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, पूर्व गाविस अध्यक्ष नन्द प्रसाद रिजाल, बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष गर्भेबहादुर मिझार, उपाध्यक्ष रामकृष्ण स्यावा, तथा पूर्व अध्यक्ष केशवराज रिजालको समेत विशेष सहभागिता रहेको थियो।

नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयकी प्रधानाध्यापक शर्मिला अधिकारी, दिव्य दर्शन टेलिभिजनबाट रिपोर्टर, तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको समेत उपस्थितिमा कार्यक्रम विशेष रूपमा सम्पन्न भएको थियो।

यसै अवसरमा बालबालिकाहरूलाई खिर पकाई खुवाउने कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। कार्यक्रमले बालबालिकाहरूलाई आवश्यक शैक्षिक सामग्री तथा खेलकुद सामग्री प्रदान गरी उनीहरूको शैक्षिक तथा शारीरिक विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0