ईश्वर थापा मगर
धादिङ ।
खनियाबास गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन चलिरहँदा वडा नं १, वडा नं २, वडा नं ३ र वडा नम्बर ५ का वडा अध्यक्षहरूले गाउँसभा बहिष्कार गरेका हुन्।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै चारजना वडा अध्यक्षहरूले  दोस्रो गाउँसभाको छैठौं अधिवेशन बहिष्कार गरेका हुन् ।

अब  हामीले हिजो गाँउसभा पास भएतापनि अहिले जति पनि  त्यहाँ अहिले नयाँ बजेटहरु विनियोजित भएको छ त्यो कार्यान्वयन गर्ने सिलसिलामा त अब हाम्रो पनि भूमिका रहन्छ । वडा अध्यक्षहरू भनेका कोही होइनन् हाम्रो बहुमत छ र पेलेरै जान सकिन्छ। भन्ने मनसायका साथ गाउँपालिकाले दोस्रो गाउँसभाको छैठौं अधिवेशन सकिएको नाटक मञ्चन गर्यो यसमा हाम्रो असहमति छ वडा नम्बर ३ का वडा अध्यक्ष कमान सिंह तामाङले त्रिकोण खबरलाई बताउनुभयो।

कुराकानीको क्रममा वडा अध्यक्ष तामाङले  अहिले मात्र नभएर विगतका दिनहरूमा पनि गाउँपालिकाले त्यस्तै गर्ने गरेको तर  आफूहरूले जनताको भावना अनुसार काम गर्ने गरेकोअहिले चाहिँ आफूहरू हाजिर गर्ने र ताली बजाउने मात्रै मनस्थितिमा नरहेको बताउनुभयो। आफूहरूले गाउँपालिकासँग केही मागहरु राखेको र सम्बोधन भए सहमतिमा जान सकिने पनि बताउनुभयो ।

यस विषयमा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङलाई जिज्ञासा राख्दा “वडा अध्यक्षहरूले हिरो कम्पनीको एक्स पल्स  २२० सिसीको बाइक मागेको र आफूले योजना काटिदिएपछि बहिष्कार गरेको’’ बताउनुभयो।

वडा नम्बर ४ का वडा अध्यक्ष बाहेक सबै वडा अध्यक्षहरूसँग बाइक रहेकोले  हाललाई बाइक नकिनौ भन्दा वडा अध्यक्षहरूले सभा नै बहिस्कार गरेकाे बताउनुभयाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1