ईश्वर थापा मगर
धादिङ । ०९ फागुन २०८१

धादिङमा अव देखि नागरिकताको सिफारिस अनलाईन प्रविधिवाट हुने भएको छ ।

शुक्रवार नीलकण्ठ नगरपालिकाको वडा नं ३ वाट अनलाईन अभिलेख प्रणालीको सुरुवात धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गर्नुभयो । धादिङवेसीमा नागरिकता अभिलेखको अनलाइन प्रणाली सुदृढ गर्न गृह मन्त्रालयले व्यक्तिगत घटना दर्ता (पंजिकरण) प्रणाली (VERS) मा आवद्ध गरी नागरिकताको अनसूची फाराम वडा कार्यालयबाट सिफारिस गर्न अनलाइन प्रणाली विकास गरेको प्र.जि.अ घिमिरेले जानकारी दिनुभयो ।

अनलाईन प्रणाली सुरुभए पछी सेवाग्राहीहरुले सक्कल बमोजिमका कुनै पनि कागजातहरु नक्कल (फोटो कपि) बुझाउनु नपर्ने र सबै कागजात वडा कार्यालयमा बुझाए हुने समेत प्र.जि.अ सुमन घिमिरेले बताए ।

अन्य जिल्ला सरह धादिङमा  नागरिकताको अनलाइन सिफारिस प्रणाली शूरु गर्न सबै गाउँपालिका तथा नगरपालिकाका सबै वडामा कार्यान्वयन गर्न गराउन गृह मन्त्रालयबाट २०८१ माघ ३० मा १०४ वटै वडाका कर्मचारीका लागि यस कार्यालयको समन्वयमा अभिमूखिकरण समेत भई सकेको छ ।

सोही अनुरुप राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा २०८१ फागुन ९ बाट सो अनलाइन सिफारिस सेवा नीलकण्ठ नगरपालिकाको ३ नं वडा कार्यालय (सदरमुकाम) बाट शुरुआत भएको प्र.जि.अ घिमिरेले बताउनुभयो ।

धादिङको सबै वडाहरुमा नागरिकताको अनलाईन सिफारिस कार्य थालनी गरी आफ्नो कार्यक्षेत्रका वडामा आवश्यक व्यवस्था मिलाउन समेत सबै गाउँपालिका तथा नगरपालिकामा अनुरोध गरिएको प्र.जि.अ घिमिरेले बताउनुभयो ।

नागरिकताको अनलाईन सिफारिस प्रणालीका मुख्य विशेषताहरु:

  • नागरिकले जन्म दर्ताको प्रमाणपत्र, विद्यालयका शैक्षिक प्रमाणपत्र, आफ्नो वुवा आमाको नागरिकता, अन्यत्रबाट आएको भए बसाइ सराइको प्रमाणपत्रको सक्कल कागजात समेत लिइ वडा कार्यालयमा पेश गर्नु पर्ने ।
  • जिल्ला प्रशासन कार्यालयमा वडा कार्यालयबाट दिइने अनुसूची फारामको सक्कल र आफ्ना सबै प्रकारका प्रमाणपत्रको सक्ककल लिइ आउनु पर्ने (फोटोकपी आवश्यक नपर्ने) ।
  • फोटो यथावत आवश्यक पर्ने ।
  • जन्म दर्ता नम्बरका आधारमा जिल्ला प्रशासन कार्यालयमा अनलाइन प्रणालीमा हेरिने ।
  • सनाखतको व्यवस्था यथावत कायम रहने ।
  • नागरकिका विवरण कम्प्यूटर प्रणालीमा भण्डारण भई क्रमश: अनलाइन सेवामा आवद्ध गरिने ।
  • सेवाग्राहीको समय बचत हुने आदि ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0