गर्भे बहादुर मिझार
धादिङ ०९ फागुन २०८१

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेकाे गैरी गाउँ माध्यमिक विद्यालयकाे ६३ अाै बार्षिक उत्सव सम्पन्न भएको छ ।

गैरी गाउँ मा वि को वि व्य स अध्यक्ष दिप बहादुर गुरूङकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रममा नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुङ्गानाकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हो ।

कार्यक्रममा सम्बाेधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि ढुंगानाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरूले विद्यार्थीहरूकाे सिकाईमा कति पनि कमी नगरीकन अध्यापन गराउने पर्ने र यस स्कुलमा परेका हरेक समस्याको समाधान गर्न कति पनि पछि नहट्ने बताए । नीलकण्ठ नगरपालिकाले एक विद्यार्थी वरावर निजिविद्यालयले भन्दा वढी लगानी गरि निशुल्क शिक्षा लागु गरेकोले यो लगानी खेर नजानेगरी अध्ययन अध्यापन गराउनुहुन शिक्षक तथा अभिभावकलाई ढुङगानाले अनुरोध गरेका थिए ।

विद्यालयको वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति प्रदान गरिएको थियो । त्यसैगरी विद्यालयलाई सेवा पुर्याउनुहुने वहालवाला शिक्षक, पुर्वशिक्षकहरु, विद्यालयमा सेवा गरेका पुर्व वडा सदस्य जानुका मिझार लगाएतलाई सम्मान गरेको थियो ।  कार्यक्रममा विद्यालयका पुर्वशिक्षक गर्भे बहादुर मिझार र पुर्व वडा सदस्य तथा समाजसेवी जानुका मिझारले १० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण समेत गरेका थिए।

कार्यक्रममा नीलकण्ठ नपा वडा नं ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ पुर्व वडा अध्यक्ष शिवराज गिरी नेपाल विद्याथी संघ धादिङका पुर्वअध्यक्ष ईश्वर अधिकारी निमाण व्यायसायी राजेन्द्र अधिकारी पुर्व वडा सदस्य भिम ढकाल गण्डकी खतिवडा विष्णु गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0