काठमान्डौ ।  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँले २५ औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मातृभाषा कविता  महोत्सव २०८१ सम्पन्न गरेको छ।

  • सबै भाषा सबै ज्ञान सबैको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान भन्ने मूल नाराका साथ स्थापित नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव २०८१ मा विभिन्न भाषाका ४८ वटा कविताहरूलाई समावेश गरेको थियो। राष्ट्रिय मातृभाषा कविता महोत्सवमा धादिङका तामाङ  भाषाका कवि बाबुराम   फ्युवाले  तामाङ भाषाको कविता मोलम  वाचन गर्नुभएको थियो।  

धादिङको खनियाबास गाउँपालिका वडा नम्बर  ३ मा जन्मनुभएका  कवि बाबुराम  फ्युवाले हालसालै तामाङ भाषाको उखानहरूको संगालो तामाङ आन समेत प्रकाशन गरिसक्नुभएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान एवं प्रतिभाहरुको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित एक राष्ट्रिय प्रतिष्ठित संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0