धादिङ । एउटा सानो वाख्राको खोर माथी बाख्रा राख्ने तल त्यही बाख्राको मल झार्ने ठाँउ चारैतिर ढुङगाको र्पखाल लगाएको । फलामले बनाएको सानो ढोका । त्यही खोरमा विगत ३ बर्ष देखी थुनेर राखेको व्यक्ति हो यममाया तामाङ ।
| वावुको पहिचान नै नखुलि यममायाले आर्को छोरी जन्माईन । उनी त आफै मानसिक सन्तुलन गुमाएकी कस्ले यस्तो गर्यो पता लगाउने अवस्था नै भएन उनका दिदी फुलमाया तामाङले बताईन । यही पिरको कारण आमाले समेत अकाल मृत्यु भयो त्यस पछि आफुले ल्याएर ५ बर्ष देखि यसरी नै खोरमा थुनेर पालेका छौ , फुलमायाले भनिन् । |
मानसिक सन्तुलन गुमाएर सम्माल्न नसक्ने भएपछि खोरमा थुनेर खाख्न परेको उनका दिदीको छोरी बिनिता तामाङले बताईन् । आफनै सानिमा (आम्जा) लाई थुनेर राख्ने मन कस्लाई हुन्छर परिवार र समाजमा नराम्रो गर्ला भनेर यस्तो गर्नुपर्यो बिनिताले भनिन् । वाहिर निस्कन पायो भने जस्लाई जे चिजले पायो त्यहीले पिट्ने गर्छ त्यसैले थुनेर राख्ने गरेका छौ।

धादिङ जिल्ला रुविभ्याली गाँउपालिका वडा नं ४ स्थायि घर भएका बर्ष ३५ का यममाया तामाङ १६ बर्ष अघि २०६५ सालमा बैदेशिक रोजगारीका लागी लेवनान गएका थिए । लेर्वनान गएपछि परिवारसंग सम्पर्कमा विहिन भएकी तामाङ २ बर्ष पछि सामान्य सन्तुलन गुमाएको अवस्थामा घर फर्केकी थिईन ।
गाँउका सबैले यो सामान्य हो बिवाह गरेपछि ठिक हुन्छ भनेर गाँउमै विवाह गरिदिएको उनका दिदी फुलमाया तामाङले बताईन् । विवाह पछि एक छोरी समेत जन्माएकी यममायाको अवस्था झन बिग्रदै गयो । उनीले पुर्णरुपमा मानसिक सन्तुलन गुमाईन । यममायाले मानसिक सन्तुलन गुमाएपछि उनका श्रीमानले सम्वन्ध विच्छेद गरे । अव झन उनी घर न घाटको वन्न पुगीन् ।
छोरीको यस्तो अवस्था देखेपछि यममायाको आमाले छोरीलाई माईतीमा नै लगेर राखिन । मानसिक सन्तुलन गुमाएकी यममाया माथी फेरी आर्को वज्र आईलाग्यो । वावुको पहिचान नै नखुलि यममायाले आर्को छोरी जन्माईन । उनी त आफै मानसिक सन्तुलन गुमाएकी कस्ले यस्तो गर्यो पता लगाउने अवस्था नै भएन उनका दिदी फुलमाया तामाङले बताईन । यही पिरको कारण आमाले समेत अकाल मृत्यु भयो त्यस पछि आफुले ल्याएर ५ बर्ष देखि यसरी नै खोरमा थुनेर पालेका छौ , फुलमायाले भनिन् ।
आफुहरुको पनि आर्थिक अवस्था कमजोर भएको र आमा समेत मुटु रोगी भएकोले आम्जा (सानिमा) को उपचार गर्न नसकेको छोरी बिनिताले वताईन् । उपचारको लागी वडामा पनि भनेको तर कसैले वास्ता गरेन अपाङ होईन भन्दै वडाले अपाङग भता समेत नदिएको बिनिताले गुनासो गरिन् ।
हाल यममाया तामाङ दिदी भिनाजुको संरक्षणमा नीलकण्ठ नगरपालिका वडा नं ४ पौवामा वस्दै आउनु भएको छ । उनको १६ बर्षको र ९ बर्षको गरि दुई वटा छोरी पनि छ । १५ बर्षको जेठी छोरीलाई एक गैरसरकारी संस्थाले होस्टेलमा राखेको छ ।
सरकारले पुनस्थापना केन्द्रमा राखेर उपचार गरिदिए हुन्थ्यो भन्ने लागेको तर आफुहरुलाई यसवारे को संग भन्ने कस्लाई भन्ने थाहा नभएको भिनाजु सुक बहादुर तामाङले वताए ।
:- स्मरण रहोस् बिनिता तामाङ यममाया तामाङको दिदीको छोरी हुन् ।







