शुक्रबार, २० कार्तिक २०८३

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

४७ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

विराटनगर । मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ।
कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका ३ मा गएराति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स सडकको डिभाइडरमा ठोकिएको हो।
दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भई बूढीगंगा २ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि विराट मेडिकल कलेज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिरामीलाई अस्पताल पुर्‍याएर चालक घर फर्किंदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।