धादिङ । धादिङको जय बागेश्वरी बहुमुखी क्याम्पस, मलेखुमा सम्पन्न स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका अनुनय सिलवाल सभापतिमा निर्वाचित भएका छन । स्वतन्त्र विद्धार्थी युनियन स्ववियुको आज सम्पन्न निर्वाचनमा अनेरास्ववियु र नेविसंघ बीचको गठबन्धनलाई पराजित गर्दै सिलवाल जित हासिल गरेको हो।

मतगणना सम्पन्न भएपछि सिल्वाललाई विजयी घोषणासँगै विद्यार्थी समर्थकहरूले उत्साहपूर्वक स्वागत गरेका थिए। क्याम्पसको विद्यार्थी राजनीतिमा यो जितले नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन परिणामपछि नव-निर्वाचित सभापति अनुनय सिल्वालले विद्यार्थी हकहितको पक्षमा निरन्तर रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले शैक्षिक सुधार, क्याम्पसमा आवश्यक भौतिक पूर्वाधार तथा छात्रवृत्तिका लागि पहल गर्ने बताउनुभएको छ।

स्ववियु निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरूबीच कडा प्रतिस्पर्धा भए पनि शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0