धादिङकाे गल्छी गाउँ पालिका वडा नम्बर ५ रैलेमा मिलकाे करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ ।
मिलमा अन्न पिस्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा विहिबार रैलेका ४२ बर्षिय चन्द्र वहादुर तामाङको मृत्यु भएको हो।
तामाङले आफ्नै घरको पिडिमा जडान गरेको गहुँ,मकै,कोदो पिस्ने मिलमा कोदो पिस्ने क्रममा एक्कासि मेसिनमा करेन्ट सर्ट भई उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।
शबकाे पाेष्ट मार्टमका लागि प्रथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएकाे छ ।









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।