बद्री पौडेल

काठमाडौं  :- मिति २०८२/०२/१५ गते  लायन्स क्लब ईन्टर्नेश्नल ३२५ आई को बागमती प्रदेश भित्र रहेका १५२ क्लब मध्ये झण्डै १२५ वटा क्लबका President ,Vice President ,Secretary ,Treasurer (PVST) को Schooling Program  कठमाण्डौमा सम्पन्न भएको छ ।

PMCC/ ID Endorse लायन राजन लम्साल को प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता डिस्ट्रीक गर्भरन लायन बिनोद ढुङानाले गर्नु भएको र PDG/ PMCC लायन मान बहादुर रोका, PDG लायन राम बहादुर बसेल , PDG लायन चन्द्र कुमार के सी , PDG लायन ईन्दु लम्साल , र २०२५/०२६ का गर्भरन लायन पार्बती खरेल पाण्डेको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष , उपाध्यक्ष , सचिव र कोषाध्यक्ष हरुलाई schooling गरिएको हो । भोली मिति २०८२/०२/१७ गते पोखरा एरियामा सो कार्यक्रम रहेको डिष्ट्रीक गर्भनर पार्वती खरेल पाण्डेले बताउनु भयो । जुलाई 1 तारिखबाट नया कार्यसमितिको कार्यकाल शुरु हुने भएकोले अग्रीमरुपमा तयार हुनको लागी यस्तो खालको कार्यक्रम राखेको बताईएको छ । ३२५ आई अन्तर्गत धादिङमा , भैरबी , धादिङ मण्डली , धादिङ हाईट , र काठमाडौं सुर्यमुखी क्लब कार्यरत रहेको छ , मण्डली र धादिङ हाईट नया क्लब हो , आगमी दिनमा धादिङ्मा सामाजिक कार्य गर्न तयार भएको बताउनु हुन्छ भैरबीका अध्यक्ष  लायन बद्री अधिकारी , मण्डलीका अध्यक्ष लायन महेश रिजाल , धादिङ हाईटका अध्यक्ष लायन शालिग्राम तिमल्सिना र  काठमाडौं सुर्यमुखीका अध्यक्ष लायन बिक्रम बि क  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0