बद्री पौडेल , धादिङ :- ससाह अमराई दर्बुङफाट सडकको धौखोला स्थित पक्की पुल आजको वर्षाको कारणले पुर्णरुपमा क्षती भएको छ ।
ढोला, नलाङ, मैदी लागाएतको क्षेत्रबाट धादिङबेशी तर्फ चल्ने र ढोला मण्डली जाने यातायात पुर्ण अवरुद्ध भएको नीलकण्ठ न पा ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ ले बताउनु भयो । धादिङ आसपासमा धेरै ठाउमा बाडी आएको छ , कोईराला फाटमा पनि रोपाई गरेको खेतमा भल पसेर क्षति पुर्याएको छ । नीलकण्ठ ८ नौबिसेटार , कमेरे एरियामा नया निर्माण र कुमाल गाउ देखिको पानी आएकोले क्षेति भएको स्थानियहरु बताउछन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






