धादिङ, २०८२ असार ३१ —
मंगलबार बिहान करिब ९:४५ बजे धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–७ स्थित त्रिशुली नदी किनारमा एक जना व्यक्तिले आत्महत्या गर्न खोजेको सूचनाको आधारमा नेपाल प्रहरीले समयमै पुगेर उद्धार गरेको छ।
प्राप्त जानकारीअनुसार, काठमाडौं जिल्ला, ईचङ्गुनारायण नगरपालिका–२, सिरनण्डोल सानो भ्य्राङका अन्दाजी ७५ वर्षीय जितेन्द्र राना मगरले त्रिशुली नदीमा हाम्फालेर आत्महत्या गर्ने प्रयास गरेका थिए। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी पोष्ट आदमघाटबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) को कमाण्डमा प्रहरी टोली खटिएको थियो।
घटनास्थल प्रहरी पोष्ट आदमघाटबाट करिब १ किलोमिटर उत्तरतर्फ पर्दछ। समयमै पुगेको प्रहरी टोलीले तत्काल उद्धार गरी जितेन्द्र राना मगरलाई सुरक्षित रूपमा कार्यालयमा ल्याएको जनाएको छ।
प्रहरीको सतर्कता र तत्कालको कारवाहीबाट एक व्यक्ति सकुशल जोगिएको छ।






