बद्री पौडेल , धादिङ , गजुरी
गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यामिक विद्यालयमा भएको निशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविरमा ४ सय १ जनाले सेवा लिएका छन् ।
विपन्न तथा सीमान्तकृत समुदायका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय १९ जना महिला र ८२ जना पुरुषले सेवा लिएका हुन् । ती मध्ये ८७ जनाले भिडियो एक्स रे सेवा, ६३ जनाले स्त्री तथा प्रसुति सेवा, ५८ जनाले हाडजोर्नी तथा जेनरल सेवा,५१ जनाले जर्नरल सर्जरी, २३ जनाले बालरोग, ४० जनाले डेन्टल र ६ जनाले ईसिजी सेवा लिएको कार्यक्रम संयोजक डाक्टर दिनेश रेग्मीले जानकारी दिए । 
शिविरमा दम, सुगर, प्रेसर तथा मुटुरोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसुति रोग सेवा, दन्त रोग सेवा, मानसिक रोग सेवा, भिडियो एक्स रे सेवा प्रदान गर्नुका साथै निशुल्क औषधि समेत वितरण गरिएको डाक्टर रेग्मीले जानकारी दिए । समय समयमा यस्तो सेवामुलक काम गर्दै जाने क्लबका अध्यक्ष बिक्रम बि क ले बत्ताउनु भयो ।
लायन्स क्लबका डिष्ट्रीक एडभाईजर लायन बिष्णु भन्डारी , डिष्ट्रीक चिफ लायन अनुज श्रेष्ठ , महेश पान्ण्डे , जोन चियर पर्सन कृष्ण ढकल शिशिर लगाएतको उपस्थिति रहेको थियो । 






