काठमाडौं, असार ३२ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। भारतीय आयल कर्पोरेसनबाट २०८२ असार ३१ गते (जुलाई १५, २०२५) प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य घटाउने निर्णय गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ। नयाँ मूल्य २०८२ असार ३२ गते राति १२:०१ बजेदेखि लागू हुने गरी निर्धारण गरिएको छ।
अव देखि पेट्रोलको खरिद मुल्य प्रतिलिटर रु १सय ६० हुनेछ भने डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर रु १सय ४८ हुनेछ ।







