बद्री पौडेल , धादिङ
धादिङ २०८२ असार ३० गते
अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरेको घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न गरेको छ ।
धादिङ जिल्लामा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३८ वटा घटना इन्सेकले अभिलेख गरेको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ३८ जना पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । जसमा बाल अधिकार अन्तरगत बलत्कार, वलत्कार प्रयास र यौन दुर्व्यवहारका १२, महिलाविरुद्घ हुने सबै प्रकारका भेदभाव दुव्र्यवहार अन्तर्गत बलत्कार, वलत्कार प्रयासका ७, घरेलु हिंसाका १७ , कारागारमा मृत्यु १ र हत्याका २ गरी ३८ घटना रहेका छन् ।
कार्यक्रमका वक्ताहरुले मानवअधिकार र यससंग जोडिएका आर्थिक , सामाजिक सांस्कृतिक अधिकारका विषयवस्तु नागरिकको मानवअधिकार भएकाे बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले तथ्यमा आधारित भएर दुरदराजका घटनाहरु समेत नछुटाई वर्षपुस्तकमा समेट्न र मानवअधिकार संरक्षणमा लाग्न आग्रह गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले प्रहरी मानवअधिकार प्रति प्रतिवद्ध रहेकाे बताउँदै महिला, दलित, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिको मुद्दा तथा विषयलाई प्राथमिकतामा राख्ने र अग्राधिकार दिएर काम गरिरहेकाे बताउनुभयाे ।
नेपाल मानवअधिकार संगठनका जिल्ला अध्यक्ष कृष्णराज अधिकारीले हालका वर्षहरुमा फाैजदारी किसिमका मुद्दा घटेकाेमा अध्यायन गर्नुपर्ने उल्लेख गर्दै देवानी प्रकृतिका घटनामा कमी नअाएकाेमा चिन्ता व्यक्त गर्नुभयाे ।
दलित सेवासंघका अध्यक्ष श्याम मगरातीले मानवअधिकार शिक्षाकाे अधिकारमा समेट्न अाग्रह गर्दै नीलकण्ठ बालमन्दिर माविमा शिक्षकले एसइइ परिक्षामा ५० पूर्अंणाङ्कककाे प्राक्टिकलमा २५ पूर्णाङ्क ठानेर कम नम्बर दिएका कारण कम नम्बर अाएर विद्यार्थीले समस्या भाेगेकाे विषय मानवअधिकार विषय बनाउनुपर्नेमा जाेड दिनुभयाे






