चितवन ।
बागमती प्रदेशमा आफ्नै दलको मुख्यमन्त्रीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका बहुसंख्यक सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कांग्रेस संसदीय दलकै २१ जना सांसदले उनलाई हटाउन प्रस्ताव गरेका हुन् ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । तिनमध्ये २१ जनाले लामालाई दलको नेताबाट हटाएर इन्द्रबहादुर बानियाँलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् ।

सांसदहरूले दर्ता गरेको अविश्वास प्रस्तावमा लामाको नेतृत्वमा बजेट कार्यान्वयन प्रभावकारी हुन नसकेको, राजस्व संकलन र खर्चको अवस्था नाजुक रहेको, जनताले प्रत्यक्ष अनुभूति गर्ने सेवा प्रवाह कमजोर रहेको जस्ता आरोप उल्लेख गरिएको छ ।

दलभित्रैबाट उठेको असन्तुष्टि र अविश्वास प्रस्तावले कांग्रेस नेतृत्वको सरकार संकटमा पर्ने संकेत देखिएको छ । अबको राजनीतिक समीकरण कस्तो बन्छ भन्ने विषयमा चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0