धादिङ, साउन ९ ।

धादिङ जिल्लामा अहिलेसम्म जम्मा ६० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ । जिल्लाको पहाडी क्षेत्रका धेरैजसो टारीखेत अझै बाँझै छन् ।

साउनको दोस्रो साता सुरु भइसक्दासमेत पर्याप्त वर्षा नहुँदा धेरै स्थानमा रोपाइँ हुन सकेको छैन । कृषि ज्ञान केन्द्रका अनुसार रोपाइँको मुख्य सिजन भएपनि पानी नपरेकाले खेत जोत्न र धान रोप्न कठिन भएको छ ।

स्थानीय किसानहरुले असारको मध्यसम्म पनि खेतमा पानी नपुगेपछि यो वर्षको उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरिरहेका छन् । जिल्लाको उत्तरी भेग, जस्तै नेत्रावती, रुबी भ्याली, बेनिघाट र गंगाजमुना क्षेत्रमा विशेष गरी वर्षा अभावका कारण रोपाइँमा ढिलाइ भएको जनाइएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाँउपालिकामा ६५ प्रतिशत मात्र रोपाई भएको र टारीखेतहरु बाँझै रहेको त्रिपुरासुन्दरी गाँउपालिकाका कृर्षी अधिकृत कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कृषि शाखा प्रमुखहरुले समयमै वर्षा नभए कृषकले वैकल्पिक खेती वा कम पानीमा फल्ने बालीमा ध्यान दिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0