बद्री पौडेल , काठमाडौं , श्रावण १७
लायन्स अन्तर्राष्ट्रीय डिष्ट्रिक्ट ३२५ आई नेपालको क्याबिनेट अफिसर हरुको पदस्थापन एवं पहिलो क्याबिनेट मिटिङ सम्पन्न भएको छ ।
आज शनिवार प्रज्ञा भवन कमलादीमा सम्पन्न समारोहमा लायन्स अन्तर्राष्ट्रीयका निवर्तमान अन्तर्राष्ट्रीय डाईरेक्टर एवम् पदस्थापन अधिकृत लायन बालकृष्ण बुर्लाकोटीले लायन बर्ष २०२५/०२६ का क्याबिनेट अफिसरहरुलाई पदस्थापन गर्नु भयो ।
डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेको अध्यक्षता, निवर्तमान अन्तर्राष्ट्रीय डाईरेक्टर लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता रहेको समारोहमा प्रतिनिधि सभाका सभामुख ईन्दिरा राना कि–नोट स्पीकर रहेकी थिईन् । एलसिआईएफ एरिया लिडर एवं आईडि ईन्डोर्सी लायन राजन लम्साल, गाट एरिया लिडर लायन शम्भु घिमिरे, मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापा, बिभिन्न डिष्ट्रिक्टका डिष्ट्रिक्ट गभर्नरहरु, डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नरहरुको उपस्थििति रहेको थियो ।
उक्त अवसरमा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर, भाईस डिष्ट्रिक्ट गभर्नर, पूर्व डिष्ट्रिक्ट गभर्नरहरु, सम्पूर्ण पदाधिकारीहरुलाई पदस्थापन अधिकृत लायन बालकृष्ण बुर्लाकोटीले पदस्थापन गराउनु भयो ।क्याबिनेट सेक्रेटरी लायन राम बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेले कार्यकाल शुभारम्भ गरेको १ महिनाको अवधिमा डिष्ट्रिक्टले प्राप्त गरेको उपलब्धी प्रस्तुत गर्नु भयो , त्यसको हकदार रहेका डिष्ट्रिक्ट अन्तर्गतका बिभिन्न क्लब अध्यक्ष, कोषाध्यक्ष, डिष्ट्रिक्टका सिनियर लायन्स लिडरलाई अन्तर्राष्ट्रीय अध्यक्षको पिन, गर्भनर मेडल मायाको चिनोद्धारा सम्मान गर्नु भएको हो । धादिङ भैरबी र काठमाडौं सुर्यमुखीका अध्यक्ष र कोषाध्यक्ष हरु पनि सम्मानित हुनु भयो ।
कार्यक्रममा एलसिआइएफ एरिया लिडर लायन राजन लम्साल, मल्टिपल काउन्सिल चियरपर्सन लायन मिलन थापा, निवर्तमान डिष्टिक्ट गर्भनर लायन विनोद ढुंगाना फस्ट भिडिजी लायन सूर्य कुमार केसी, सेकेण्ड भिडिजी लायन शैलेन्द्र मोहन भट्टराई लगायतले बोल्नु भयो .
लायन्स क्लब अफ काठमाण्डौं लर्ड बुद्धका होस्ट क्लब रहेको सो समारोहको मूल आयोजक समितिको संयोजकमा लर्ड बुद्धका संस्थापक अध्यक्ष डिष्टिक्टका चिफ एड्भाईजर लायन बिष्णु प्रसाद भण्डारी, क्लबका अध्यक्ष लायन प्रकाश राज कँडेल, कोषाध्यक्ष लायन क्षितिव पौडेललगाएतले क्याबिनेट अफिसर पदस्थापन एवं पहिलो क्याबिनेट मिटिङ सम्पन्न गर्नमा सहयोग पुर्याउने लायन् सदस्य एवं बिभिन्न संघ संस्थाकालाई सम्मान गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरेका थिए । सो अवसरमा आयोजक क्लबले बिभिन्न डोर प्राईजको ब्यबस्था समेत गरेको थियो ।
नेपालमा रहेको १५ वटा डिष्ट्रीक मध्ये आज ७ वटा डिष्ट्रीकको क्याबिनेट बैठक र पदस्थापन कार्यक्रम भएको छ ।






