धादिङ, श्रावण १६ – “राष्ट्रको लागि खेल, स्वास्थ्यको लागि खेल” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको धादिङ जिल्लास्तरीय प्रथम भेला सम्पन्न भएको छ।

गजुरी गाउँपालिका–१ स्थित रुम्बा होटेलको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा जयराम थिङ तामाङको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

कार्यक्रमको प्रमुख अतिथि धादिङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रताप सिंह तामाङ रहेका थिए भने विशेष अतिथिको रूपमा बेनिघाट रोराङ गाउँपालिका–१ का वडा अध्यक्ष जीवन सिंह तामाङको उपस्थिति रहेको थियो।

नवनिर्वाचित जिल्ला कार्यसमितिमा अध्यक्ष जयराम थिङ तामाङ, उपाध्यक्ष शुक्रबहादुर तामाङ, सचिव सन्दीप स्याम्चेन तामाङ, कोषाध्यक्ष राममाया तामाङ, र सदस्यहरू हेमन्त तामाङ, सुनबहादुर तामाङ तथा मनोज तामाङ रहेका छन्।

कार्यक्रमले धादिङ जिल्लामा कराते खेलको प्रवर्द्धन तथा युवा सहभागिता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0