हेटौंडा, १८ साउन – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्।
मुख्यमन्त्री लामाले आइतबार साँझ प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई राजीनामापत्र बुझाएका हुन्। उनले व्यक्तिगत रूपमा पदबाट अलग हुने निर्णय लिएको जानकारी दिएका छन्।
प्रदेश प्रमुखको सचिवालयका अनुसार लामाको राजीनामा पत्र दर्ता भइसकेको छ र संविधानसम्मत प्रक्रिया अघि बढाइनेछ।
गत १४ साउनमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामामाथि पार्टीभित्रैबाट राजीनाको दबाब बढ्दै गएको थियो।
उनले आफूले नेतृत्व सम्हालेको एक वर्षमै पार्टीभित्रको आन्तरिक असमझदारी र गुटबन्दीका कारण राजीनामा दिनुपरेको बताएका छन्।
लामा २०८१ साउनमा कांग्रेसको तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनको राजीनापछि अब बागमतीमा नयाँ सत्ता गठबन्धन निर्माणको प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।
यससँगै प्रदेश सरकारमा राजनीतिक अस्थिरता थपिने देखिएको छ।






