धादिङ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडामाथि कृष्ण गुरुङसहितको समूहले गरेको अमर्यादित व्यवहारप्रति नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाले कडा आपत्ति जनाएको छ।

नेपाली काँग्रेस गाउँपालिकास्तरीय कार्यसमितिका सभापति रामशरण गिरी द्धारा शुक्रबार जारी गरेको विज्ञप्तिमा आफूलाई टोले डन का रूपमा परिचित गराउँदै आएका कृष्ण गुरुङको समुहले २०८२ भदौ ९ गते बेलुकी करिब ८:३० बजे अध्यक्ष खतिवडा गाउँपालिकाको आधिकारिक कामको सिलसिलामा सिद्धलेक–९, कालिकादेवी मन्दिर नजिकै वृद्धवृद्धाको अवस्थाबारे जानकारी लिन पुगेको बेला गुरुङ समूहले जबर्जस्ती घरभित्र प्रवेश गरी गुनासोमूलक व्यवहार गर्दै शारीरिक हातपातको समेत प्रयास गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “गाउँपालिकाका अध्यक्षमाथि भएको यस किसिमको अमर्यादित र गैरजिम्मेवार व्यवहार पार्टीले कदापि स्वीकार गर्ने छैन।”

साथै, यस्ता घटना दोहोरिएमा कांग्रेस सिद्धलेक गाउँपालिकाले प्रतिकार गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0