धादिङ । रूबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ नेतृत्वको टोलिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग विशेष भेटघाट गरेको छ । उक्त भेटमा गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, प्रमुख प्रशासकीय अधिकृत नविनकुमार गोलेलगायतको सहभागिता थियो ।

भेटपछि अध्यक्ष तामाङले रूबीभ्याली भौगोलिक रूपमा कठिन र एचडिआई (मानव विकास सूचकाङ्क) मा पछि परेको क्षेत्र भएकाले विकासका लागि प्रदेश सरकारसँग सहकार्य अपरिहार्य भएको बताए । उनले भने, यस भेटघाटले आगामी दिनमा ठोस उपलब्धि ल्याउने विश्वास लिएको छु ।”

मुख्यमन्त्री बानियाँले गाउँपालिकाले अघि सारेका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्दै विकासका परियोजना अघि बढाउने उल्लेख गरे । उनले रूबीभ्यालीको मागलाई प्राथमिकतामा राखिने बताए ।

त्यसैगरी अध्यक्ष तामाङ नेतृत्वको टोलिले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटासँग पनि छुट्टाछुट्टै भेट गरेर बजेट, योजना र पूर्वाधार विकासबारे छलफल गरेको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले गाउँपालिकाले अघि सारेका प्राथमिकतालाई योजनामा समावेश गर्ने दिशामा प्रदेश सरकार गम्भीर रहेको बताए । भौतिक पूर्वाधार विकास मन्त्री डा. देवकोटाले पूर्वाधार निर्माणका कामलाई छिट्टै अघि बढाउन आवश्यक समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0