काठमाडौं । गायक तथा संगीतकार सन्दिप स्याम्चेन तामाङ र कल्पना तामाङको संयुक्त स्वरमा रहेको नयाँ तामाङ भाषाको ख्रीस्टियन गीत सार्वजनिक गरिएको छ।
गीतलाई Sandip Syamchen Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यसमा लय र शब्द स्वयं सन्दिप स्याम्चेनकै रहेको छ भने संगीत संयोजन राजु खड्काले गरेका हुन्। रेकर्डिङ डिजिटल स्टुडियो काठमाडौंमा गरिएको हो।
गीतमा ख्रीस्टियन धर्ममा आस्था राख्ने विश्वासीलाइ लक्षित गर्दै सुसमाचार प्रचारसम्बन्धी सन्देश समेटिएको गायक स्याम्चेनले बताए। उनका अनुसार चाँडै उक्त गीतको म्युजिक भिडियो पनि निर्माण हुने तयारी भइरहेको छ।






