धादिङ ।
बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण दिवस (अगष्ट ३०) का अवसरमा आज धादिङमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार ६० दिनभित्र बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनिए पनि आजसम्म उक्त प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै गुनासो गरिएको छ ।

ज्ञापनपत्रमा सत्यतथ्य जान्ने अधिकार, सांस्कृतिक अधिकार, राहत तथा क्षतिपूर्तिको अधिकारसमेत हनन भएको उल्लेख छ । “विस्तृत शान्ति सम्झौताको मर्मअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नु आजको आवश्यकता हो,” ज्ञापनपत्रमा भनिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले यसअघि बेपत्ता पारिएका व्यक्तिहरूका सम्बन्धमा गरेका २ सय २६ वटा सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने माग पनि गरिएको छ । साथै गत २०८२ वैशाख ३१ गते गठन गरिएको वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई प्रभावितहरूलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकारसमक्ष ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्रमार्फत बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन, पीडित परिवारलाई क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङलगायत सम्बद्ध पत्रकारहरूकाे उपस्थित रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0