काठमाडौं, भदौ २३ ।
काठमाडौंमा भएको जेनजि पुस्ताको विरोध प्रदर्शन हिंसात्मक बन्दै जाँदा २ जनाको मृत्यु भएको छ भने १ सयभन्दा बढी घाइते भएका छन्।
स्रोतका अनुसार प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा स्थिति नियन्त्रणबाहिर गएको थियो। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
प्रदर्शनकारीहरूले सरकारका तर्फबाट युवापुस्ताको माग बेवास्ता गरिएको भन्दै सडकमा उत्रिएका थिए। तर, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा दुर्घटना भयो।
मृतकको पहिचान खुलाइएको छैन। घटनापछि काठमाडौंका विभिन्न क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ।






