धादिङ — ज्वालामुखि गाउँपालिकाका अध्यक्ष यमनाथ दनै चढ्ने राताे प्राडाे गाडीमा आगजनी भएको छ ।

ज्वालामुखि गाउँपालिका कार्यालय भन्दा करिव १ किलाे मिटर टाढा लगी गाडीमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
आगो कसले र किन लगायो भन्नेबारे स्पष्ट खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता शुभाष हमालले जानकारी दिनुभएको छ । घटनास्थलमा प्रहरी टोली खटिएको छ भने आगलागीबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0