धादिङ । नेपालीहरुको महान् चाड दशैंको सातौं दिन आज फुलपाती देशभर मनाइँदैछ। आश्विन शुक्ल सप्तमीका दिन पर्ने फुलपातीलाई नवरात्रको विशेष दिनका रूपमा मनाइन्छ।

यस दिन बिहानैदेखि देवी दुर्गाको सप्तमी पूजा गरी घर–घरमा फूल, बेलपत्र र औषधीय पात अर्पण गर्ने परम्परा छ। देवीलाई चढाइने यी फुलपातीलाई शक्ति, समृद्धि र विजयको प्रतीकका रूपमा लिइन्छ।

काठमाडौंमा भने फुलपाती विशेष महत्वका साथ मनाइन्छ। गोरखाबाट परम्परागत रूपमा ल्याइने फुलपातीलाई सैनिक विधि–विधानसहित आज हनुमानढोकास्थित दशैं घरमा भव्य समारोहका बीच भित्र्याइँदैछ। यस अवसरमा तोपको सलामी दिइने र सेनाको शोभायात्रा समेत हुने परम्परा कायम छ।

  आज धादिङ बेसीमा पनि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सेना , प्रहरी , शसस्त्र , नगर प्रहरी , कार्यालय प्रमुख , कर्मचारी , स्थानियबासी लगाएतले बाजागाजा सहित बजार परिक्रमा गरी नीलकण्ठ न पा १२ मा रहेको पबित्र भैरबी मन्दिर परिक्रमा गरी पुलपाती भित्रायर सलामी दिई बली समेत चढाएको मन्दिर ब्यबस्थापन समिति का पूर्ब अध्यक्ष बद्री लम्सालले बत्ताउनु भयो ।

गणतन्त्र स्थापना भएपनि यो परम्परा निरन्तर चल्दै  आएको  छ। राजधानी मात्र नभई गाउँ–सहर, टोल–टोल र घर–घरमा आजदेखि दशैंको उत्सव झन् रमाइलो हुने विश्वास गरिन्छ। फुलपातीसँगै दशैंको माहोल देशैभर चुलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0