धादिङ — काे ईन जर्मन संस्थाको सहयोगमा शितल छहारी नेपालले नीलकण्ठ नगरपालिका–८ स्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालयलाई कपडा सिलाउने मेशिन हस्तान्तरण गरेको छ।

बुधवार आयोजित एक कार्यक्रममा विद्यालयका छात्र–छात्राहरूका उध्रिएका कपडा मर्मत गर्न सहज होस् भन्ने उद्देश्यले करिब १५ हजार रुपैयाँ बराबरको सिलाइ मेशिन विद्यालयलाई प्रदान गरिएको शितल छहारी नेपाल धादिङका अध्यक्ष कृष्ण बद्री पौडेलले जानकारी दिए।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण बद्री पौडेल, उपाध्यक्ष विक्रम पौडेल, सदस्य दुर्गा बहादुर ढुङ्गाना, पत्रकार ईश्वर थापा मगर, गर्भे बहादुर मिजार लगायतको उपस्थिती रहेको थियो।

शितल छहारी नेपालले यसअघि पनि जिल्लाभरका विभिन्न विद्यालय तथा समुदायमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0