काठमाडौं । खेलकुदमन्त्री बब्लु गुप्ताको नेतृत्वमा रहेको टोलीले दीपक खड्काले अवैध रूपमा कब्जा गरेको भनिएको नेपाल स्काउटको संरचनामा डोजर चलाएको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा गरिएको उक्त अभियानमा प्रशासन, प्रहरी र मन्त्रालयका प्रतिनिधिहरू समेत सहभागी रहेका थिए ।

महानगरका अनुसार लामो समयदेखि सरकारी स्वामित्वको जग्गा र भवनमा अनधिकृत रूपमा संरचना निर्माण गरी सञ्चालन हुँदै आएको उक्त क्षेत्र खाली गराइएको हो ।

स्काउट परिसरको स्वामित्व र प्रयोग अधिकार सम्बन्धी विवाद लामो समयदेखि चल्दै आएको छ । मन्त्रालयले यसअघि नै अवैध कब्जा हटाउन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0