ईश्वर थापा मगर
धादिङ, २ मंसिर २०८२ — नीलकण्ठ नगरपालिका–८ मा रहेको स्वाबलम्बी बहिरा आधारभूत विद्यालयलाई शितल छहारी नेपालले ८ थान सीसी क्यामेरा प्रदान गरेको छ। विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीको विशेष मागका आधारमा कोईन संस्थाको आर्थिक सहयोगमा क्यामेरा उपलब्ध गराइएको शितल छहारी नेपालका उपाध्यक्ष बिक्रम  पौेडेलले जानकारी दिए।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समयमा–समयमा कक्षा बाहिर निस्कने र अन्य गतिविधिहरू हुने भएकाले निगरानीका लागि सीसी क्यामेरा अत्यावश्यक रहेको प्रधानाध्यापक अधिकारीले बताए। उनका अनुसार यसले विद्यालयको सुरक्षा व्यवस्था सुदृढ गर्ने मात्र होइन, विद्यार्थीहरूको अनुशासन र क्रियाकलापको समुचित निगरानीमा पनि सहयोग पुग्नेछ।

शितल छहारी नेपालले यसअघि पनि उक्त विद्यालयलाई विभिन्न सामग्री र कार्यक्रममार्फत निरन्तर सहयोग गर्दै आएको छ। संस्था पक्षले आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोग जारी रहने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0