धादिङ — नीलकण्ठ नगरपालिका–१२ साङ्कोसस्थित प्रसिद्ध पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा यस वर्ष पनि भव्य धार्मिक मेला लाग्ने भएको छ। मंसिर २ गते साँझ जात्रा तथा नौमती–पञ्चे बाजासहित विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना हुनेछन् भने मंसिर ३ गते बिहान शतबीज छर्ने प्रमुख धार्मिक विधिसहित दिनभरि भक्तजनहरूको उपस्थितिमा मेला चल्नेछ।

सुन्दर बस्ती टोल विकास संस्थाका शुभकर्म आमा समूहको दिदीबहिनीहरूले नौमती–पञ्चेबाजा सहित मेला गर्ने तयारी गरेका छन्। पशुपति मन्दिर व्यवस्थापन समितिद्वारा मंसिर २ गते रातभर फूलको डोली अर्पण गरिने कार्यक्रम रहेको छ। बाला चतुर्दशीकै दिन थोपल खोलामा फूलको डोली तार्ने र शतबीज छर्ने धार्मिक विधि गरिने स्थानीय बुद्धिजीवी तथा लायन कृष्ण शिशिरले जानकारी दिनुभयो।

धादिङ जिल्लाका बिभिन्न स्थान र छिमेकी जिल्लाहरुवाट पनि आकर्षक फुलको डोलि तार्ने गरिन्छ । मेलाका औपचारिक उद्घाटन नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिम प्रसाद ढुङगानाले गर्ने छ ।

पशुपति मन्दिर परिषरमा २ गते बेलुकी देखी रातभर आफ्ना मृत पृत्रीहरुको सम्झनामा बती बाल्ने होम होमादी गर्ने प्रचलन रहेको छ ।

यसै अवसरमा लायन्स इन्टरनेशनल डिस्टि्रक्ट 325 I नेपाल अन्तर्गत जोन 12 का लायन्स क्ल्बहरूले भक्तजनहरूको सेवाका लागि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ। लायन्स क्लब अफ धादिङ मण्डलीले वर्षैभरि मन्दिर परिसरमा निशुल्क वाईफाई सेवा उपलब्ध गराइरहेको छ भने जोन 12 अन्तर्गतका क्लबहरूले मेलामा आउने भक्तजनहरुलाई निशुल्क चियापानको व्यवस्था मिलाएको छ।

सदरमुकाम नजिकै रहेको साङ्कोस पशुपति मन्दिर वर्षभरि नै आस्था, दर्शन तथा प्राकृतिक सौन्दर्य अवलोकनका लागि आउने भक्तजन र पर्यटकहरूको उल्लेख्य गन्तव्यका रूपमा परिचित रहँदै आएको छ। बाला चतुर्दशीकाे अवसरमा लाग्ने यो मेला धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको प्रतीकका रूपमा प्रत्येक वर्ष भव्यताका साथ मनाइँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0