धादिङ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई प्रभावकारी रूपमा पर्यवेक्षण गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङको पुनर्गठन गरिएको छ। समिति पुनर्गठन प्रक्रियामा सर्वपक्षीय, समावेशी र सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गरिएको जनाएको छ। जातजाति, भाषा, लिङ्ग तथा भौगोलिक क्षेत्रगत समावेशीतालाई प्राथमिकता दिँदै अनिवार्य प्रतिनिधित्वको आधारमा पुनर्गठन गरिएको समितिले जनाएको छ।
पुनर्गठित १३ सदस्यीय जिल्ला समितिको संयोजकमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति धादिङका पूर्व सहसंयोजक कृष्णराज अधिकारी चयन भएका छन्।
त्यस्तै सहसंयोजकमा गैसस महासंघ धादिङको नि अध्षक्ष अधिवक्ता तोला कुमारी पाठक, सचिवमा उद्योग वाणिज्य संघ धादिङका कार्यकारी प्रमुख रमेशराज अधिकारी, तथा कोषाध्यक्षमा उद्योग वाणिज्य संघ धादिङको महासचिव तिलक सिम्खडा मनोनयन भएका छन्।
समितिका सदस्यहरूमा —
- ईश्वर थापा मगर (नेपाल मानव अधिकार संगठन धादिङ)
- सन्तोषराज श्रेष्ठ (नेपाल पत्रकार महासंघ धादिङ)
- श्यामबहादुर मगराती (दलित सेवा संघ धादिङ)
- गर्भेबहादुर मिजार (बौद्धिक अपाङ्गता अभिभावक संघ धादिङ)
- आईती माया तामाङ (गैसस महासंघ)
- नीर तामाङ (रेडियो बिहानी)
- शुशिला विक पत्रकार
- अशोक श्रेष्ठ पत्रकार रहनुभएको छ।
निर्वाचनको समग्र पारदर्शिता, स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्न धादिङमा पुनर्गठित यस समिति सक्रिय रूपमा जुट्ने बताइएको छ। कार्यक्रममा पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायत जिल्ला स्तरीय मानव अधिकार तथा सामाजिक संघ–संस्थाहरू, नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।






