कृष्ण बद्री पौडेल
धादिङ – जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल (  H.A  क्याम्पस ) धादिङले  प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरेको छ। बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय परिसरमै आयोजित गरिएको थियो।

पहिलो वर्षमा भर्ना भएर अध्ययन गर्न आएका विद्यार्थीहरूलाई दोस्रो तथा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले कलम र डायरी प्रदान गरी स्वागत गरेका थिए। विद्यार्थीहरूबीच आपसी परिचय, पढाइ वातावरण तथा व्यवहारिक सीप विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको स्वागत कार्यक्रममा उत्साहपूर्ण सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ।

कार्यक्रममा धादिङ अस्पतालका निर्देशक डा. त्रिभुवन झा, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. अमुल्य दाहाल, शहीद मेमोरियल अस्पताल धादिङ प्रा.लि.का अध्यक्ष विष्णुलाल श्रेष्ठ ,  बालकृष्ण नेपाली , प्रकाश  सापकोटा, सुजन श्रेष्ठ , सुमन पराजुली पत्रकार बद्री अधिकारी लगाएतको    विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममार्फत हालै सेवा निवृत्त भएका पूर्व प्रिन्सिपल सिताराम वाग्ले तथा पूर्व व्यवस्थापक कमल दनैलाई विद्यालयले विधाइ तथा सम्मान गरेको थियो। साथै हालै प्रिन्सिपल पदमा नियुक्त टंक प्रसाद  चापागाईलाई औपचारिक स्वागत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0