धादिङ — जेन्जी रेड फोर्स धादिङको संयोजकमा मनिशा विश्वकर्मा नियुक्त भएकी छन्। उमेर हदबन्दीका कारण पूर्व संयोजक सन्दीप स्याम्चेन तामाङको स्थानमा नयाँ नेतृत्व चयन गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठनका रूपमा विस्तार भइरहेको जेन्जी रेड फोर्स देशभर तीव्र रूपमा फैलिएको संरचना मानिन्छ। केन्द्रिय संयोजक स्मृति तिमिल्सिनाको संयोजनमा बनेको यो संगठन विदेशमा समेत फैलिदै आएको छ।

धादिङका तत्कालीन संयोजक सन्दीप स्याम्चेन तामाङ उमेर सीमा नाघेपछि मंसिर १३ गते पेरिसडाँडामा बसेको बागमती प्रदेश प्रथम भेलाले नयाँ संयोजक नियुक्त गर्ने निर्णय गरेको हो।

नयाँ संयोजक मनिशा : विद्यार्थी नेतृदेखि जिल्लाको नेतृत्वसम्म

सिद्धलेक–१ की मनिशा विश्वकर्मा हाल निलकण्ठ बहुमुखी क्याम्पसमा ब्याचलर तेस्रो वर्षमा अध्ययनरत छिन्। उनी अखिल क्रान्तिकारी विद्यार्थी संघ निलकण्ठ शाखा सहसचिवसमेत रहेकी छिन्।

नेतृत्व पाएको केहीबेरमै उनले भनिन्—
“धादिङ जिल्ला पार्टी एकतापछि पहिलो भव्य भेला गराएर प्रत्येक पालिकामा जेन्जी रेड फोर्स सक्रिय बनाउने मुख्य लक्ष्य लिन्छु।”

पूर्व संयोजक सन्दीपलाई प्रदेश तहमा

नेतृत्व परिवर्तनसँगै सन्दीप स्याम्चेन तामाङलाई प्रदेश जेन्जी रेड फोर्स सदस्यका रूपमा जिम्मेवारी दिन लागिएको छ। यो निर्णय केन्द्रीय संयोजक र बागमती प्रदेश संयोजकको सल्लाह अनुसार भएको बताइएको छ।

जिल्लामा संगठन विस्तारलाई तिब्रता

नयाँ संयोजक मनिशाको नेतृत्वमा धादिङमा—

  • पालिका–पालिका संगठन विस्तार,

  • नयाँ सदस्य परिचालन,

  • युवालाई राजनीतिक रूपमा सक्रिय बनाउने अभियान,

  • प्रशिक्षण तथा परिचर्चा कार्यक्रम,

जस्ता गतिविधि तिब्र रूपमा अघि बढाउने योजनाबारे संगठनले जानकारी दिएको छ।

युवा ऊर्जा र महिला नेतृत्वको नयाँ संयोजनसँगै जेन्जी रेड फोर्स धादिङमा सक्रियता झनै बढ्ने अपेक्षा कार्यकर्ताहरूले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0