धादिङ, १७ मंसिर २०८२, भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूको आर्थिक समृद्धि, उद्यमशीलता प्रवर्द्धन र स्थानीय आर्थिक विकासलाई उद्देश्य राखेर दीर्घकालीन रूपमा योजना बनाउँदै सदस्य मैत्री सुलभ कर्जा सेवा सञ्चालनमा ल्याएको छ।

सहकारीले २०८२ मंसिर १६ गते देखि लागू हुने गरी सार्वजनिक गरेको यो कर्जा योजना सदस्यहरूको उत्पादनशील क्षमतालाई सुदृढ गर्दै उनीहरूले सञ्चालन गरिरहेका उद्योग, व्यापार, स्वरोजगार, कृषि तथा पशुपालन जस्ता क्षेत्रमा पूँजी अभावका कारण रोकिएका क्रियाकलापलाई निरन्तर गतिमा अगाडि बढाउने लक्ष्य सहित ल्याइएको हो।

यस सुलभ कर्जा सेवामा सहकारीले ७.२५ प्रतिशत ब्याजदरमा अधिकतम ५० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको छ, जुन वर्तमान बैंक तथा आर्थिक संस्थाहरूको ब्याजदरको तुलनामा प्रतिस्पर्धी मात्र नभई सहकारी क्षेत्रमा उपलब्ध सबैभन्दा न्यून ब्याजदर रहेको सहकारीको दाबी छ। ब्याजदर सदस्यमैत्री, स्थिर र दीर्घकालीन योजना सहित निर्धारण गरिएको हुँदा कर्जा लिएर व्यवसाय विस्तार गर्न इच्छुक सदस्यहरूले आफ्नो तिर्ने क्षमता, आय स्रोत, समय व्यवस्थापन तथा दीर्घकालीन आर्थिक योजनाको आधारमा किस्ता छुट्याउन सहज हुने अपेक्षा गरिएको छ।

यस ऋण योजनामा अधिकतम १० वर्षसम्मको अवधि सुविधा छ, साथै दैनिक वा मासिक रूपमा किस्ता बुझाउन सकिने दुवै विकल्प उपलब्ध गराइएको छ। यसले दैनिक आय–व्ययमा आधारित साना व्यवसायीदेखि स्थिर मासिक आम्दानी भएका उद्योगी तथा व्यापारिहरू सबैलाई उपयुक्त वित्तीय संरचना मिल्नेछ। सहकारीले सुरक्षित वित्तीय व्यवस्थापनको लक्ष्य राख्दै घर तथा जग्गालाई धितो राख्ने व्यवस्था गरेको छ, जसले कर्जा प्रवाहलाई दिगो बनाउने तथा जोखिम नियन्त्रणमा राख्ने महत्वपूर्ण भूमिका खेल्नेछ।

यो कर्जा सेवा विशेष गरी उत्पादनशील क्षेत्रका सदस्यलाई लक्षित गरेको छ। यस कर्जाबाट सदस्यहरूले नयाँ उद्योग स्थापनादेखि पुरानो उद्योग विस्तार, सेवा–आधारित व्यवसाय विकास, आधुनिक प्रणालीमा आधारित उत्पादन सुरु, डिजिटल प्रविधि समावेशीकरण जस्ता आधुनिक व्यवसायिक गतिविधि सबैमा पूँजी परिचालनका लागि सहायता प्राप्त गर्नेछन्। साथै यो सेवा व्यापार तथा व्यापारिक गतिविधिमा संलग्न सदस्यका लागि पनि यो योजना अत्यन्तै उपयोगी हुने अपेक्षा गरिएको छ। खुद्रा तथा थोक व्यापार गर्ने, होटल–रेस्टुरेन्ट सञ्चालन गर्ने, हार्डवेयर, किराना, स्टेशनरी, फेन्सी, इलेक्ट्रोनिक्स, मोवाइल व्यवसाय, पोल्ट्री तथा दुध उत्पादनसँग सम्बन्धित व्यापार सञ्चालन गर्ने सदस्यले नियमित स्टक व्यवस्थापन, नयाँ शाखा विस्तार, फ्रेन्चाइजी सेवा सञ्चालन, गोदाम विस्तार तथा नगद प्रवाह सन्तुलनका लागि कर्जा सहज रूपमा पाउनेछन्।

सहकारीले व्यापारिक गतिविधिमा पूँजी अभावका कारण दैनिक कारोबार प्रभावित हुने अवस्था हटाउने र स्थानीय व्यवसायीलाई आत्मबलका साथ प्रतिस्पर्धी बजारमा उभ्याउने उद्देश्य राखेको छ। सहकारीले प्रदान गर्दै आएरहेको अन्य बचत तथा ऋण सेवाहरुमा समेत आकर्षक ब्याजदर निर्धारण गरि लागु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0