पोखरा ,  कास्की   १७ मङ्सिर २०८२

बद्री पौडेल

अपाङ्गता  भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा अपाङ्ग बाल अस्पताल, गण्डकी प्रदेश कार्यालयले ‘अपाङ्गता रोकथाम तथा मधुमेह नियन्त्रण’ सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम लायन्स क्लब अफ धादिङ हाईटको सहयोगमा आयोजना गरिएको हो।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत, शिक्षक तथा विद्यार्थी गरी कुल ४५ जनाको सक्रिय सहभागिता रहेको थियो।

सचेतना कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ धादिङ हाईटका अध्यक्ष लायन शालिकराम तिमिल्सिनाले गर्नुभएको थियो। उहाँले मधुमेहजस्ता दीर्घरोगहरूले पनि समयमै ध्यान नदिँदा अपाङ्गता निम्त्याउन सक्छ भन्दै रोकथाम तथा नियमित परीक्षणको महत्वबारे सहभागीहरूलाई जानकारी गराउनुभयो।

कार्यक्रममार्फत विद्यालय समुदायलाई अपाङ्गता रोकथाम, स्वास्थ्य सचेतना तथा नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे प्रभावकारी जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0