धादिङ , आज किराँत समुदायले वर्षे चक्रको एक महत्वपूर्ण पर्व उघौली देशभर श्रद्धा, भक्ति र सांस्कृतिक उत्साहका साथ मनाइरहेका छन्। प्रकृति, माटो र अन्नका देवताप्रति कृतज्ञता व्यक्त गर्दै मनाइने यस पर्वअन्तर्गत विभिन्न स्थानमा गैडु पूजा, सामुदायिक जमघट र परम्परागत नृत्य–गीतहरू आयोजना गरिएको छ।
किराँत परम्परा अनुसार खेतीपातीको सुरुवातसँगै उभौली मनाइएझैं, चाडपर्वको चक्र समाप्त हुँदै जाँदा उघौली पर्व मनाइन्छ। यस दिन विशेषगरी समुदायका अगुवाहरूले गैडु (गेलु) पूजा गरी वर्षको समृद्धि, स्वास्थ्य र शान्तिको कामना साथै, विभिन्न शहर तथा गाउँका पूजा केन्द्रहरूमा साकेला/चण्डी नाचका रंगीन प्रस्तुतीहरू देखिएका छन्।
परम्परागत पोशाकमा सजिएका युवायुवती तथा बृद्धबृद्धाहरूले तालमेल मिलाएर प्रस्तुत गर्ने यो नाच किराँत संस्कृतिको मुख्य पहिचान मानिन्छ।
तस्वीर :अर्जुन श्रेष्ठ , पत्रकार






