बाबुराम फ्यूबा , खनियाबास , दार्खा

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, डिफिन नेपाल र खनियाबास गाउँपालिकाको सहयोगमा मंसिर २६ र २७ गते खनियाबास गाउँपालिका–स्थित दार्खामा सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

स्वास्थ्य शाखा प्रमुख आईत ब. तामाङका अनुसार शिविरमार्फत कुल ७७७ जना स्थानीय बासिन्दाले विभिन्न प्रकारका स्वास्थ्य सेवा प्राप्त गरेका छन्। दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा दन्त रोग, स्त्री तथा प्रसूति, हाडजोर्नी तथा जनरल मेडिसिनसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो।

उक्त स्वास्थ्य शिविरको नेतृत्व चिकित्सक डा. ईबराज सिम्खडाले  र डा गोपी अर्याल ले गर्नु भएको  थियो। शिविरमा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेका थिए।

शिविर समापन कार्यक्रमका क्रममा खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्दै दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य पहुँच विस्तारमा यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने बताउनुभयो। उहाँले भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0