काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक डाकेको छ । पार्टी केन्द्रीय कार्यालयले आइतबार जारी गरेको सूचनाअनुसार बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ः०० बजे ललितपुरस्थित बी.पी. स्मृति भवन, बी.पी. नगरमा बस्ने भएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ । बैठकका एजेन्डाबारे भने पार्टीले खुलाएको छैन ।






