बद्री पौडेल , १२ पौष २०८२

धादिङ।  धादिङ बेसी :- श्री कर्मचारी कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, धादिङको १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राममणी मिश्रको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संस्थापक अध्यक्ष परशुराम सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य रामप्रसाद रिजाल, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय प्रतिनिधि प्रकाश सापकोटा, निवर्तमान केन्द्रीय सदस्य कृष्ण बद्री पौडेल,  नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष सुजन श्रेष्ठ , नि  बर्तमान केन्द्रीय सदस्य  तथा हालै धादिङ क्षेत्र नं. २ बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएका बालकृष्ण नेपाली, युनियनका केन्द्रीय प्रतिनिधि कृष्णकुमार श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो। साथै नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धादिङका सचिव बिष्णु अर्यालको समेत आतिथ्यता रहेको थियो।

साधारण सभामा लेखा समिति संयोजक कृष्ण बद्री पौडेलले सहकारी संस्थाको आर्थिक तथा साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संस्थाको आर्थिक अवस्था, शेयर सदस्यको सहभागिता तथा भावी कार्यदिशाबारे विस्तृत जानकारी गराइएको थियो।

प्रस्तुत तथ्यांकअनुसार सहकारी संस्थामा हाल कुल १५४ जना शेयर सदस्य रहेका छन्, जसमा महिला ३४ जना र पुरुष १२० जना रहेका छन्। यसमध्ये ७५ जना सेवा निवृत्त कर्मचारी रहेका छन्। संस्थाको कुल जारी शेयर कित्ता ११,७८५ रहेको छ भने कुल शेयर पुँजी रु. ११,७८,५०० पुगेको छ। हाल संस्थाको कुल सम्पत्ति रु. १ करोड ५८ लाख ४३ हजार ७४१ रहेको जानकारी गराइएको छ।

नेपाल निजामती कर्मचारी युनियन धादिङको मातहतमा सञ्चालन हुँदै आएको यस सहकारी संस्थाको साधारण सभामा संस्थापक अध्यक्ष परशुराम सुवेदी, जेष्ठ शेयर सदस्य कृष्ण बहादुर श्रेष्ठ तथा सावित्रा गौतम सुवेदीलाई सम्मान गरिएको थियो।

सभाले नयाँ  कोषाध्यक्ष र सदस्य समेत थप गरेको छ ,  जसअनुसार कोषाध्यक्षमा  ज्ञान  बहादुर दाहाल तथा ऋण अनुगमन समितिमा हरिकुमार श्रेष्ठ चयन हुनुभएको छ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव पदमराज अधिकारीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0