AI Generate Photo

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

विमानस्थलको आगमन टनेल गेट नजिकबाट करिब १ किलो ५ सय ३० ग्राम गाँजा जस्तो देखिने अवैध लागूऔषधसहित ३३ वर्षीय PADALA भन्ने VEERA VENKATA SUBRAMANYAM लाई प्रहरीले गए राति पक्राउ गरेको हो। उनी थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले शंकास्पद गतिविधि देखिएपछि जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध बरामद गरेको जनाएको छ। साथै सो लागूऔषध रिसिभ गर्न आएका भारतीय नागरिक ABDUL RAHUF र YASIN ABDULLA लाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0